फेरि घट्यो सुनचाँदीको मूल्य ? « Arthapath.com
१६ फाल्गुन २०८०, बुधबार

फेरि घट्यो सुनचाँदीको मूल्य ?



काठमाडौं । बुधवार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख १८ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ लाख १८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, साताको चौथो कारोबार दिनका लागि तेजावी सुनको मूल्य पनि १ लाख १७ हजार ६५० रुपैयाँ तोकिएको छ । यता, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्