महँगियो पेट्रोलको मूल्य, अब एक लिटर किन्न कति तिर्नुपर्छ ? « Arthapath.com
१८ चैत्र २०८०, आईतवार

महँगियो पेट्रोलको मूल्य, अब एक लिटर किन्न कति तिर्नुपर्छ ?



काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले आजै राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेशनबाट नै पेट्रोलको भाउ ४ रुपैयाँ ७६ पैसाले बढेर आएको निगमले जनाएको छ ।

सोही अनुसार नेपालमा पनि भाउ बढाएर प्रतिलिटर १७५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमका अनुसार मट्टितेलको भाउ ३९ पैसा, हवाई इन्धनमा ३८ पैसा र खाना पकाउने ग्याको भाउ २७ रुपैयाँले घटेर आएको छ । तर, यी इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्