सुनचाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा, दैनिक एकपछि अर्को रेकर्ड कायम « Arthapath.com
२८ चैत्र २०८०, बुधबार

सुनचाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा, दैनिक एकपछि अर्को रेकर्ड कायम



काठमाडौं । सुनको भाउ थप महँगिएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज थप ५०० रुपैयाँ महँगिएको हो ।आज छापावाला सुनको मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।

पछिल्लो समय सुनको भाउले दैनिक रुपमा ऐतिहासिक रेकर्ड बनाउँदै आएको छ । मंगलबार १ लाख ३६ हजार ३०० रुपैयाँ पुगेर बनाएको कीर्तिमान आज फेरि तोडिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ ।

साताको चौंथो कारोबार दिन चाँदीको भाउ पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज प्रतितोला १५ रपैयाँले बढेर १ हजार ७०० रुपैयाँ पुगेको हो । मंगलबार १ हजार ६८५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्