कीर्तिमानी उचाईबाट झर्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
२९ चैत्र २०८०, बिहीबार

कीर्तिमानी उचाईबाट झर्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । चार कारोबार दिनदेखि लगातार बढेको सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार छापावाला सुनको भाउ घटेको हो ।

निरन्तर कीर्तिमानी उचाई बनाएको सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । एकपछि अर्को ऐतिहासिक रेकर्ड कायम गरेको सुनको आज भने घटेर १ लाख ३६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने १ लाख ३६ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख ३५ हजार ९५० रुपैयाँ कायम भएको छ ।

साताको पाँचौं कारोबार दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधवार नयाँ उचाईमा पुगेको चाँदी आज भने यथावत नै कायम भएको छ । आजका लागि चाँदीको भाउ १ हजार ७०० रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्