एकैदिन १ हजार ४०० रुपैयाँले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ? « Arthapath.com
१४ बैशाख २०८१, शुक्रबार

एकैदिन १ हजार ४०० रुपैयाँले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?



काठमाडौं । सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो ।

अघिल्लो दिन अर्थात् १ लाख ३५ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख ३६ हजार ५५० रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको अन्तिम कारोबार दिन चाँदीको भाउ २० रुपैयाँले बढेर १ हजार ६७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने चाँदी १ हजार ६५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्