निगमले बढायो पेट्रोलको भाउ, के भयो खाना पकाउने ग्यासको मूल्य ?
काठमाडौं । पेट्रोलको भाउ वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।
शनिबार बसेको निगम संचालक समितिले आजै राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलको भाउ बढाएको हो । यस्तै, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिट २ रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ काठमाडौंका लागि प्रति किलो लिटर अमेरिकी डलर १५ का दरले बढाइएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य आएको निगमले जनाएको छ। भारतबाट डिजेलको भाउ ०.१८ रुपैयाँ घटेर आएको छ । यस्तै, पेट्रोल भने ०.५८ रुपैयाँ, मट्टीतेल १.७४ रुपैयाँ र हवाई इन्धन १.३५ रुपैयाँ बढेर आएको निगमले जनाएको छ ।
यता, खाना पकाउने एलपी ग्यासको भाउ पनि १४.४९ रुपैयाँ बढेर आएको निगमले जनाएको छ । तर, आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको भाउ भने हाललाई यथावत राखेको छ ।