निरन्तर उकालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
४ माघ २०८१, शुक्रबार

निरन्तर उकालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । घरेलु बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो । बिहीबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ दिनमा नै सुनको मूल्य प्रतितोल २ हजार ५०० रुपैयाँले महंगिएको छ ।

आज सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भईरहदा नेपालमा समेत पछिल्लो समय सुनको मूल्य वृद्धि भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्