प्रतितोला ११ सय रुपैयाँ महँगियो सुनको भाउ, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । मंगलबार सुनको भाउ वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार भने १ लाख ५७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
साताको तेस्रो कारोबार दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ वृद्धि भएको छ । सोमबार १ हजार ८६० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको छ ।