कति छ आज सुनचाँदीको कारोबार मूल्य ?

काठमाडौं । सुनको भाउ भाउ स्थिर छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । अघिल्लो दिन अर्थात् गत शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।
साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैयाँ घटेर १ हजार ८९५ रुपैयाँ कायम भएको छ । आइतबार भने १ हजार ९१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।