तोलामै १९ सय रुपैयाँ बढ्यो सुनको भाउ, चाँदी पनि थप महँगियो « Arthapath.com
२२ माघ २०८१, मंगलवार

तोलामै १९ सय रुपैयाँ बढ्यो सुनको भाउ, चाँदी पनि थप महँगियो



काठमाडौं । मंगलबार एकै दिन सुनको भाउ ह्वात्तै बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य १ लाख ६४ हजार ७०० रुपैयाँ कायम भएको छ । तर, सोमबार भने १ लाख ६२ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य पनि तोलामै ३५ रुपैयाँ बढेको छ । आजका लागि चाँदीको भाउ १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार भने १ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्