घट्यो सुनको भाउ, चाँदीको बढ्यो

काठमाडौं । पछिल्लो केही दिन लगातर वृद्धि भएको सुनको भाउ आज भने घटेको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो ।
साताको अन्तिम कारोबार दिन सुनको भाउ १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार भने १ लाख ६८ हजार ५०० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
उक्त दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । बिहीबार १ हजार ९८० रुपैयाँ खरिदबिक्री भएको थियो ।