सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो « Arthapath.com
२७ माघ २०८१, आईतवार

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्