प्रतिक्रेट ४० रुपैयाँ बढ्यो अण्डाको मूल्य

काठमाडौं । आजबाट अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले न्यूनतम प्रतिक्रेट ३५ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँका दरले अण्डाको मूल्य बढाएको हो।
अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ९०, ठूलो अण्डा चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय २५ रूपैयाँ पुगको छ। यसअघि मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ।
खुद्रा बजारमा उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य भने २० रूपैयाँ छ।