पश्चिम नेपालका डिलरहरूसँग गोदरेजको डिलरमिट र नवीन उत्पादन प्रदर्शनी सम्पन्न « Arthapath.com
१८ फाल्गुन २०८१, आईतवार

पश्चिम नेपालका डिलरहरूसँग गोदरेजको डिलरमिट र नवीन उत्पादन प्रदर्शनी सम्पन्न



काठमाडौं । गोदरेज नेपालले आफ्ना डिलरहरूसँगको साझेदारी अझ मजबुत बनाउन पश्चिम नेपालमा एक डिलर मिट सफलतापूर्वक आयोजना गरेको छ। यस कार्यक्रममा कम्पनीले नवीनतम उत्पादनहरूको प्रदर्शनी गर्दै बजार प्रवृत्ति र व्यावसायिक रणनीतिहरूमा छलफल गरेको थियो।

कार्यक्रममा गोदरेज नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरू प्रस्तुत गरे। डिलरहरूले पनि व्यावसायिक अनुभव र चुनौतीहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सहभागिता जनाए।

रेफ्रिजेनेरेटर, चेस्ट फ्रीजर, वासिङ मेसिन, एअर कन्डिसनर, माइक्रोओभ ओभन र मेडिकल रेफ्रिजेनेरेटर  साथै उत्पादनहरूको उच्च गुणस्तर, ऊर्जा-सक्षम प्रविधि, र ग्राहक-मुखी डिजाइनहरूबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो।

गोदरेज नेपालका व्यापार इकाई प्रमुख, धर्मेन्द्रजोशीले यो कार्यक्रमले पश्चिम नेपालमा डिलर नेटवर्क ग्राहकहरूसँगको विश्वासलाई अझ बलियो बनाउने मार्ग प्रशस्त गरेको बताए

कार्यक्रमको अन्त्यमा डिलरहरूलाई सम्मान गर्दै रात्रिभोज र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्