सुनको मूल्य हालसम्मकै उच्च « Arthapath.com
३० असार २०८३, मंगलबार

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । यस दिन सुन मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर नयाँ रकर्ड कायम गरेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत फागुन १३ गते कायम उचाई एक लाख ७१ हजार ३०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्