बढ्यो कुखुरा मासुको मूल्य, प्रतिकिलो कति पुग्यो ? « Arthapath.com
१९ असार २०८३, शुक्रबार

बढ्यो कुखुरा मासुको मूल्य, प्रतिकिलो कति पुग्यो ?



काठमाडौं । कुखुरा व्यवसायीले साउनमा मासुको आपूर्ति कम हुँदा भाउ बढाएका छन् ।

राष्ट्रिय कुखुरा व्यवसायी संघले जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको भाउ १५ रुपैयाँले वृद्धि गरेको छ ।

अब जिउँदो कुखुराको भाउ २४० रुपैयाँबाट २५० रुपैयाँ पुगेको छ भने तयारी मासुको मूल्य ३३५ रुपैयाँबाट ३५० रुपैयाँ पुगेको छ ।

असार महिनामा किसानले चल्ला कम उत्पादन गरेपछि साउनमा मासु आपूर्तिमा कमी आएको संघले जनाएको छ ।

संघका अनुसार देशभर अन्य महिनामा दैनिक करिब साढे ५ लाख किलो कुखुराको मासु खपत हुन्छ । साउन महिनामा भने यो खपत घटेर ३० प्रतिशत कम हुन्छ ।


प्रतिक्रिया दिनुहोस्