आज सुनको मूल्य १० हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?  « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

आज सुनको मूल्य १० हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं । आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा आएको छ । 

महासंघका अनुसार आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ७४० रुपैयाँमा आएको छ । 


प्रतिक्रिया दिनुहोस्