बीमितको साथमा सिद्धार्थ प्रिमियर, १७ हजार बढी दाबी फर्छ्यौट गर्दै ५ अर्ब ७८ करोड भुक्तानी « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

बीमितको साथमा सिद्धार्थ प्रिमियर, १७ हजार बढी दाबी फर्छ्यौट गर्दै ५ अर्ब ७८ करोड भुक्तानी



काठमाडोँ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आ.व. २०८२/८३ मा ५ अर्व ७८ करोड भन्दा बढी दावी भुक्तानी गरेको छ । सो मध्ये भाद्र महिनाको अन्तिम साता जेनजी आन्दोलनको क्रममा देशका विभिन्न भागमा भएका हुलदँगा तोडफोड तथा आगजनीका कारण राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार र व्यक्तिगत सम्पत्तीमा भएको क्षतीपूर्ती वापत रु. ३ अर्व ३० करोड भुक्तानी गरेको हो ।

कम्पनीले यस अवधिमा जेनजी आन्दोलन बाहेकको भइपरी आएका अन्य दावीहरु वापत पनि २ अर्व ४८ करोड भन्दा बढी भुक्तानी गरेको छ । आ.व. २०८२/८३ मा कम्पनीमा जम्मा १७ हजार ६६४ वटा दावी दर्ता भएकोमा १७ हजार ८७६ वटा दावी फछ्र्यौट गरेको छ । दावी भुक्तानीका सन्दर्भमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स संवेदनशिल रहेको तथ्य कम्पनीको दावी फछ्र्यौट तथ्याङ्कबाट प्रष्ट देखिएको छ ।

राष्ट्र अनी राष्ट्रभरी रहेका उद्योग व्यापार र निजी सम्पत्तीमा भएको क्षति अन्तर्गत आफुसँग बीमित रहेका सम्पत्तीको क्षतीपुर्ती सीघ्र फछ्र्यौट गरी बीमितहरुको संरक्षण गर्न कम्पनी प्रतिवद्ध रहेको तथा सोका लागि भुक्तानी हुन बाँकी दावीकर्ताहरुलाई सीघ्र आवश्यक कागजात पेश गरी दावी फछ्र्यौट कार्यमा सहयोग गर्न समेत कम्पनीले अनुरोध गरेको छ।

Tags :

प्रतिक्रिया दिनुहोस्