द्वन्द्वको डरलाग्दो नयाँ नेगेटिभ « Arthapath.com
४ भाद्र २०७६, बुधबार

द्वन्द्वको डरलाग्दो नयाँ नेगेटिभ



पुरुषोत्तम लम्साल


आज म पुनःद्वन्द्वको डरलाग्दो नेगेटीभ लिएर आएको छु । यो नेगेटीभमा यस्तो तस्वीर छ जहाँक्रान्ति र विद्रोहको हुँकार गर्नेहरुले बलात् बलत्कार गरको विद्रोहको दर्दनाक तस्वीर छ । यस्तो तस्वीरजहाँक्रान्तिबोल्नेहरु सभ्रान्त बर्गमा रुपान्तरित भएका छन् र बिद्रोह बोल्नेहरु शोषित बर्गमै रुपान्तरित भएका छन् । समाजमाबर्ग र बर्गीय दृष्टिकोणको अवसान हुँदा पीडित हुने एउटा बर्गको कथा आजको बसाईको सार हुनेछ । पीडकको नेतृत्व गर्नेछन्कमरेड प्रचण्डले र पीडितको नमूना हुनेछन् सिंहबहादुर शाहीउर्फ ‘सफल’ ।
…………
एउटा परिचयपत्रछ । परिचयपत्रको दायाँकिनारामाअध्यक्षतथा सर्वोच्च कमाण्डर लेखिएको अक्षरमाथिबर्दीधारी प्रचण्डको तस्वीर छ । परिचयपत्रजनमुक्ति सेना नेपाल तेस्रो डिभिजनको कार्यालयले बनाएको छ । बाहकको नामशक्ति गुरुङ । जनमुक्ति सेनाको सेक्सन कमाण्डरको हैसियतमा रहेका उनलाई पार्टीले दिएको टेक नाम हो क. बिद्रोह । पूर्णतःखारेज भइसकेको प्रचण्डपथसँग माक्र्सवाद, लेनिनवाद र माओवाद टिपोट गरिएको उक्त कार्डबाहकव्यक्तिअहिले कारागारमा छन् । अभियोग चाँहि सेनाबाट भागेर माओवादीभएको । उनीविरुद्ध १० वर्षको कारावास सजाय सुनाइएको छ । र, शक्ति गुरुङलाई आधार बनाएर अब धेरै जेल जाने हौवा पिटाउने खेलमा धेरैले रमाइलो लिनथालेका छन् ।

संसद्मा कसले कतिहल्ला गर्छन् अलग कुरा तर मसिनो स्वरमा गम्भीर कुरा चाँहि कमैले गर्छन् । यसमध्ये एक जना छन् माओवादी पृष्ठभूमिका नेपाल कम्युनिष्ट पार्टीका संसदीयदलकाप्रमुख सचेतक समेत रहेका देव गुरुंग । उनले दुई महिनाअघि (असार १ गते) ‘नेपालको शान्तिप्रक्रिया र संक्रमणकालनिश्कर्षमा पुग्ननदिन देशीप्रतिक्रियावादी र बिदेशीशक्तिकेन्द्र लागिपरेको’‘तथ्यमाआधारित’दावीगरे । उनको भनाई थियो,‘द्न्द्वकालीन मुद्दा देखाएर नेपालमा बिदेशी सेना (हस्तक्षेप ?) भित्र्याउने खेल हुँदैछ ।’उनले थपेका थिए, ‘बिदेशीशक्तिले नेपालको शान्तिप्रक्रियाका मुद्दाहरु अड्काइरहेका छन् ।’
गुरुङको दावी कूटनीतिक नियोगको आवरणमा राजनीति गरिरहेका राजदूतहरु (९देशका राजदूत), तिनकै लगानी (फण्डिङ)बाट गैरसरकारी धन्दाचलाइरहेका नेपाली सभ्रान्त बर्ग र तिनैको लिखतप्रतिवेदनआधार बनाएर नेपालको संक्रमणकालीन न्याय उछाल्न लागिपरेको राष्ट्रसंघीय निकाय (विज्ञप्ती)समेतको सन्दर्भमा थियो ।नामतोक्नगुरुङले जतिजिब्रो चबाए पनि समय र सन्दर्भले त्यसैलाई स्पष्ट पारिरहेकै थियो ।
उनै सचेतकदेव गुरुङले दुई महिनापछि (भदौ १) सुन्नेलाई हलुका तर बुझ्नेलाई पेचिलो मुद्दा संसद्मा पुनःउठान गरे । मुद्दा थियो ‘संविधानसँगबाझिएको सैनिक ऐनका केहीदफाखारेज’बारे । सन्दर्भ चाँहि तात्कालीनशाही नेपाली सेनाबाट बिद्रोह गरी विद्रोहीमाओवादीले गठन गरेको जनमुक्ति सेनामाप्रवेश गरेकाहरुविरुद्ध भइरहेको अदालती फैसलाको क्रमिकता थियो । नभने पनि गुरुङको अनुमानसेना र सर्वोच्च अदालतबीचको ‘शंकास्पदसाँठगाँठ’तिर थियो । सैनिकअदालतले गरेको फैसलासर्वोच्च अदालतबाट भटाभट सदर हुन थालेपछि गुरुङ ‘झल्याँस्स ब्यूझिएको’भानहुन्थ्यो ।
बालकृष्ण ढुंगेल प्रकरणमा उछालकुद गर्ने एउटा बर्गले काभ्रेका अर्जुन लामाको प्रकरणमा प्रचण्डका अतिनजिककाठानिएका अग्नी सापकोटालाई मुछेर शुरु गरेको चलखेलले सचेतक देव गुरुङको मनमाचिसो पसेको बुझ्न गाह्रो पर्दैन ।
देव गुरुङ उर्फ कान्छाबहादुर । माओवादीतर्फको टेक नामकान्छाबहादुर अर्थात् देव गुरुङ ।उनीझल्याँस्सहुनुको पनि कारण छ । कुनैबेलामाओवादीले राज्यसत्ताविरुद्ध ‘रणनीतिक प्रत्याक्रमण’को घोषणा गरेको थियो । र, नीति थियो ‘ढाडमा टेकेर टाउकोमा हान्ने ।’ यो समयमा गण्डक ब्यूरो इञ्चार्ज थिएउनी ।र,उनै कान्छाबहादुरले चितवनको कान्दास्थितदुर्गम चेपांग बस्तीमा पुगेको माओवादी लडाकूको आक्रमणकारी दस्तालाई अन्तिम राजनीतिकतथा बैचारिक प्रशिक्षण दिएको चार दिनपछि बहूचर्चित कृष्णभीर भीडन्तभयो । त्यही भीडन्त जुनपहिलोपटक नेपालीभाषाको टेलिभिजनमालाइभ कास्ट बराबर भएको थियो । त्यही भीडन्त जसमातात्कालीनशाही नेपाली सेना दिनदहाडै हारेको थियो ।
यहाँ कृष्णभीर आक्रमण जोड्नुको मुख्यतीनकारण छन् । पहिलो,कृष्णभीर आक्रमणको मोर्चाको राजनीतिकजिम्मेवारी देव गुरुङउर्फ कान्छाबहादुरको थियो । उनी नै प्रमुखअतिथि बसेर क्रियान्वयनमापुगेको यो मोर्चालाई आक्रमणको बाटो खोल्न सजिलो बनाउने काम गरेका थिएमाओवादीकातात्कालीनजिल्ला ईञ्चार्ज पुष्पविक्रममल्लउर्फ सिंह जो पछि संविधानसभा सदस्य पनि भए । दिनदहाडै, त्यो पनि शत्रु सेनालाई मैदानमाबोलाएर भएको यो आक्रमणकोचरित्र र प्रकृतिएकाएकअन्तर्राष्ट्रियकरण भएको थियो ।
दोस्रो कारण,फौजी कारबाहीका कमाण्डर यमबहादुर अधिकारी उर्फ प्रतीक्षा । त्यो बेलाउनीथिएबासु स्मृति चौथो ब्रिगेडको कमाण्डर । यीउनै प्रतीक्षा हुन् जो अहिले नेपाली सेनाको फूल कर्णेल छन् । तारे कर्णेल अर्थात् महासेनानी । सेनाको गजुरी क्याम्प (ब्यारेक)बाट घेरा तोडेर हत्कडीसहित भागेका माओवादी लडाकू प्रतीक्षाले त्यहींको सेनालाई गुरिल्ला युद्धबाट पछारेर कीर्तिमान बनाएर रणनीतिक प्रत्यकक्रमणको चरणलाई उर्जा भर्ने काम गरे । अर्थात् कृष्णभीर आक्रमणका कमाण्डर यमबहादुर अधिकारी उर्फ प्रतीक्षा ।
झण्डै एक दर्जन सेनाको हताहती र ७जना सेनासहित दर्जनौं आधुनिकहतियारकब्जामालिएर सकुशलआधार शिविर पुग्ने यिनै प्रतीक्षापुनःत्यहीशाही नेपालीसेना (पछि मात्र नेपाली सेना भएकाले) महासेनानी(कर्णेल) भए । शान्ति प्रक्रियापछि नेपाली सेना र माओवादीजनमुक्ति सेनाबीचभएको समायोजनमाप्रतीक्षानै सबैभन्दाउपल्लो दर्जाका लडाकू हुन् जो पाँचवर्षअघि नै तारे कर्णेल भए । हो, यिनै लडाकू कमाण्डर प्रतीक्षालाई खरिपाटीमा नेपाली सेनाकातात्कालीनप्रधानसेनापति गौरवशमसेर जबराले अन्तर्राष्ट्रिय रोहबरमा अधिकृतको फुलीलगाइदिएर स्यालुट फर्काएकाथिए ।
तेस्रो कारण चाँहि सिंहबहादुर शाहीको नियति । सिंहबहादुर शाहीअहिले जेलमा छन् । काठमाण्डौस्थित केन्द्रीय कारागारमा । आजीवन कारावासको सजायभोगिरहेका छन् । सर्वस्वसहितआजीवन कारावासको सजायघटाएर आजीवन कारावास मात्र हुँदा पनि सिंहबहादुरले चित्तबुझाउन परेको छ ।कालिकोट सुकारियाकासिंहबहादुर तिनै निमुखा सैनिक हुन् जसको घरै पहिले माओवादी लुटको निशानामा पर्यो । परिवारै कालिकोट सदरमुकाममान्मविस्थापितभयो ।
तर नियति … । तर प्रारब्ध… ।
सेना भन्छ उनीहतियारसहितभागेर माओवादीको जनमुक्ति सेनामाभर्ना भए । माओवादी भन्छ कब्जामालिएका सिंहबहादुरले जनमुक्ति सेनामै बस्ने बताएपछि कमरेड ‘सफल’नामलिएर उनीजनमुक्ति सेना भए ।
सिंहबहादुर माओवादीकब्जामा परेको ६ महिनापछि युद्धविरामभयो । यही मौका छोपेर उनीकामको खोजीमाभारत पलायनभए र शान्ति प्रक्रियापछि गाउँफर्किए । दशवर्षपछि अर्थात् २०७४ फागुन७गते उनीकालिकोटको घरबाटै गिरफ्तारीमा परे ।र, खतरनाक आतंककारी पक्राउ परेझैं उनलाई हातपाखुरा डोरीले बाँधेर काठमाण्डु झारियो ।
शसस्त्र द्न्द्वको समयमाहतियारसहितभागेको सेनाको मुद्दा उनीमाथिथोपरियो । सैनिकविशेष अदालतले उनलाई सर्वस्वसहितआजीवन कारावास सजाय सुनायो । उनको परिवारले सर्वोच्चमाअपील गर्यो । सर्वोच्च अदालतकान्यायाधीशअनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले यही वर्षको असार २६ गते ‘सामरिक जनरल सैनिकअदालत र सैनिकविशेष अदालतको आदेशलाई गैरकानुनीभन्ननमिल्ने’ ठहर गर्दै सिंहबहादुरलाई झ्यालखानामै कोचेर राख्नमिल्ने बताइदियो ।
खासमात्यहाँ सिंहबहादुर मात्र झ्यालखानामा परेका थिएनन् त्यहाँ नेपालको शान्तिप्रक्रियाको एउटा तस्वीर झ्यालखाना परेको थियो । फलामे बारहरुभित्र सिंहबहादुर मात्र कैद थिएनन् प्रचण्डका हुँकारहरु बन्धकथिए, पासाङका गर्जनहरु थुनिएकाथिए, कान्छाबहादुरहरुका प्रशिक्षण कैद भइरहेका थिए र उत्तमहरुकाकमिसारीहरु बन्धकथिए ।
सेनाबाट विद्रोह गरेको भनेर फूलमाला र अबीर दल्ने माओवादीजनमुक्ति सेनाकाप्राधिकार, कमाण्डरहरु राज्यशक्तिको हर्ताकर्ता भएको बेलामाकालिकोटे सिंहबहादुर शाहीआजीवन कारावास स्वीकार गर्न अभिषप्तभए । ६ जनालालाबाला सन्तानसहितको सिंहबहादुरको परिवारमाथिको बज्रपात न जनमुक्ति सेनाकाप्राधिकार प्रचण्डको कानमा पर्यो, न छापामार दस्ताका कमाण्डरहुँदै उपराष्ट्रपति बनेका नन्दकिशोर पुनउर्फ पासाङ, जनार्दन शर्मा उर्फ प्रभाकर, अनन्त र बलदेवले नै सुने ।
हो, कान्छाबहादुरले भनेको द्न्द्वकालीन मुद्दा र संक्रमणकालीन न्यायको सन्दर्भ सिंहबहादुरसम्म ठोक्किन्छ । किनकि, सत्यनिरुपण तथा मेलमिलापआयोगमाअझै पनि उनको अपील पेण्डुलम दस्तावेज बनेर कुहिने क्रममा छ । यो त्यहीआयोग हो जसलाई लिएर अन्तर्राष्ट्रिय समुदाय निरन्तर नेपाल सरकारसँग असन्तुष्टी जनाइरहेको छ । हो, यही संक्रमणकालीन न्यायको मुद्दालाई लिएर कोही प्रचण्डलाई हेग लैजाने सपना देखिरहेका छन् र प्रचण्ड हेगमा अपराभधीको कठघरामाउभिएर विश्वले चिन्ने हिरो हुने रहर पालिरहेका छन् । कठै …! शक्ति गुरुङ, सिंहबहादुर, झुलकुमारहरुलाई आजीवन कारावासमा कोचेर विश्वको हिरो हुने सपनापाल्ने प्रचण्डहरुलाई लालसलाम…!भन्नैपर्छ ।
तिनै सिंहबहादुर शाहीघरिकान्छाबहादुरसँग जोडिन्छन् । तिनै सिंहबहादुर शाहीकमाण्डरबाट कर्णेल भएकाप्रतीक्षासँगघरिघरि जोडिन्छन् । नाम जोडिनुको के अर्थ न्यायनजोडिएपछि ?भीमफेदी कारागारमा आजीवन कारावासको सजायभोगिरहेका झुलकुमार भगतको कहानीको के सरोकार प्रचण्डबाट पुष्पकमलदाहाल र पासाङबाट नन्दकिशोर पुनमा सीमित बनेकाहरुजनमुक्ति सेनाका हेडक्वार्टरलाई ? सेनाको पूर्वी पृतना हेडक्वार्टरअन्तर्गतको विष्णु दल गुल्मबाट गलिल र इन्सास नामको आधुनिकहतियारसहितभागेर माओवादी सेनाबनेका झुलकुमार भगतहरुको इतिहास किनारा लगाएर सत्ताको राप र तापको न्यानो तापिरहेका पासाङ, प्रचण्ड, बादल, अनन्त, प्रभाकरहरुको कानमासंसद्मा मसिनो स्वरमा बोल्ने कान्छाबहादुरको स्वर कहिले पुग्छ ?


प्रतिक्रिया दिनुहोस्