यस्तो छ विश्वका चर्चित एयरपोर्ट बारामा किन रुख काट्नै पर्यो मन्त्रीज्यू ? « Arthapath.com
६ भाद्र २०७६, शुक्रबार

यस्तो छ विश्वका चर्चित एयरपोर्ट बारामा किन रुख काट्नै पर्यो मन्त्रीज्यू ?



पुरुषोत्तम लम्साल

(परीक्षण हुन्छ बाँकिमध्ये खाइलाग्दा, आशालाग्दा भनिएका नयाँ पर्यटनमन्त्री योगेश भट्टराइको vision/mission चिन्न, योग्यता र दक्षता परीक्षणका लागि तल रघु आदित्य र प्रकाश आस्थाका शब्दहरु नै मनग्गे छन्। नीजगढको जंगल मास्ने अभियानमा लागे थु थु र छि छि गरिन्छ, विकल्प सोचे ‘क्याबात !’ भनिन्छ हाइहाइ गरिन्छ।)
बारा जिल्लाकाे निजगढमा ८ हजार हेक्टर बन फाँड्ने याेजनाबारे सुन्नुभएकाे छ? संसारकाे अक्सिजनकाे मुटु मानिने Amazon जंगलमा डढेलाे लागेर कहालिलाग्दा तस्विर आइरहेका बेला बाराकाे जंगल मास्ने विषयले तर्साएकाे छ। “विकाश गर्न बन मास्ने” तर्क चल्दै गर्दा त्यसपूर्व केही तथ्य बुझाैं।
संसारकाे सबैभन्दा ठूलाे एयरपाेर्ट (हिथ्राे एयरपाेर्ट-लन्डन) संसारकाे सबैभन्दा व्यस्त एयरपाेर्टमध्य एक हाे। यसकाे क्षेत्रफल १ हजार २ सय १४ हेक्टर छ। भारतकाे दिल्ही एयरपाेर्ट २ हजार ६६ क्षेत्रफलकाे छ। यी दुबै संसारका व्यस्त/ठुला एयरपाेर्ट हुन्। जबकि हाम्राे सरकार ८ हजार क्षेत्रफलकाे विशाल हरियाे जंगल फाँडेर निजगढलाई मरूभूमी बनाउँदैछ। निजगढकाे प्रस्तावित फँडानी क्षेत्रकाे क्षेत्रफल हिथ्राेकाे भन्दा सात गुणा बढी, दिल्हीकाे भन्दा ४ गुणा बढी र अहिलेकाे त्रिभुवन विमानस्थलभन्दा ४० गुणा बढी हाे। यत्राे जंगल मास्नुपर्ने भ्यालिड कारण के हुन् ? नानीभन्दा आची ठुलाे भनेजस्तै बन काट्नका लागि याे फुरफुर किन? सैयाैं प्रकारका जडीबुटी, प्राणी र चराहरूकाे वासस्थान विनाशकाे याेे महालिलाकाे कल्पनामात्र गर्नुस् त ! 
लाै हरियाली त तपाईंले मन लागेकाे ठाउँमा जतिखेर पनि तयार गर्न सकिएला रे ! तर हरियालि एकैछिनमा छुमन्तर गरेर बनाउन सकिएला र! तर प्राकृतिक विविधतायुक्त बनलाई एकै झमटमा डाेजर र अाराे लगाएर मासेपछि त्यसले गर्ने वन्यजन्तुकाे आश्रयकाे विनास, पानीकाे मुल र अन्य विविधताकाे विनासकाे क्षतिपूर्ति वर्षाैं गर्न सकिन्न। त्यसले त्यस क्षेत्रमा तत्काल पानीका मुल सुक्ने र पानी नपर्नेलगायत प्राकृतिक विनास त निम्तिहाल्छ। ख्याल राख्नुपर्ने कुराे छ, बढ्दाे शहरीकरण र प्राकृतिक वासस्थानकाे विनाशले भारतमा अहिले पानीकाे महासंकट छ। 
अबकाे १० वर्षमा भारतमा पानीका प्राकृतिक मुलहरू सम्पूर्ण रूपमा सकिने प्रक्षेपण छ। अहिले नै दक्षिण भारतमा पानीकाे हाहाकार छ। तर हामीलाई भविष्यकाे अलिकति पनि चिन्ता छैन। हामीलाई अरूको कुरा ठ्याक्कै नक्कल (कपी पेस्ट) गर्दा विकाश भएकाे जस्तो लाग्छ – तर नेपाल मरुभूमिकाे देश होइन । दुबई र कतारको लागि सुहाउँदो विकास योजना नक्कल गरेर निजगढको घना चार कोशे झाडीमा नक्कल गर्दा हामी नेपालीले आफ्नै पहिचान र सुन्दरतालाई चिन्न नसकेको आभाष हुन्छ। त्यो प्राचीन र अति घना जंगलको स्थान अनि त्यहाँका प्राणी र मानिस समेतको लागि त्यसको मूल्य जे छ – अरू कुनै ठाउँमा रूख रोपेर त्यसकाे क्षतिपूर्ति हुनै सक्दैन । याद राखाैं, ढुंगा नभए माटाेले काम चल्छ तर पानीकाे विकल्प अरू केही हुन सक्दैन।
आफ्नो भएको विमानस्थलको चरम अव्यवस्था र भ्रष्टाचारलाई नसच्याउने र “एउटी श्रीमती हुँदा हुँदै अर्कोमा आँखा लगाए” जस्तै गरि नयाँ, चिल्लोचाप्लो र ठूलो कुराको लोभमा आफ्ना अर्बाैं तिर्दा नपाईने प्राचीनतम् जंगलहरुलाई आलु र बदाम जस्तो तुच्छ भाउमा सरकारले बेच्न खाेज्दा हाम्रा ‘वातावरणवादी’हरू बाेल्नुपर्दैन?
बरू नक्कल नै गर्ने हो भने दुबई र कतारको विकास योजना होइन हामी जस्तै प्राकृतिक श्रोत साधन र जङ्गलमा धनी समकक्षी देश वा प्रदेशहरुको गर्न सकिन्छ जसले आफ्ना मौलिक वनजङ्गललाई हेला नगरी, त्यहाँका प्राणीलाई मर्का नपर्ने गरी तिनै वनजङ्गललाई दीगो रूपमा क्यापिटलाईज गरेर विकासको फड्को मार्न थालेका छन्; सिक्कम र भुटान जस्तै। धैरै पैसा हुने पर्यटकहरू स्वच्छ हावा र पूर्ण : प्राकृतिक जीवनकाे अनुभुति गर्न त्यहाँ जाने गरेका छन्। संसारका सबैभन्दा अग्ला १० हिमालमध्ये ८ हिमाल भएकाे नेपालले हरित पर्यटन, याेग पर्यटन, स्वास्थ्य पर्यटन, ध्यान पर्यटन र अर्गानिक पर्यटनका नाममा कराेडाैं भित्र्याउन सक्ने सामर्थ्य छ त ! त्यसका लागि भैरहवामा विमानस्थल बनिसकेकै छ त ! पहिले त्यसकाे व्यवस्थापन गरेर त्यस विमानस्थलमा पर्याप्त जहाज ल्याउन सकाैं न! संसारभरका एयरलाइन्सकाे ट्रान्जिट त्यसलाई बनाउन सकाैं न ! पहिला हातमा आएकाे बुत्याउँ न ! त्याे निलिसकाैं न ! 
अरबका मरुभूमिहरू त प्राकृतिक हिसाबले कंगाल छन् । उनीहरूले उब्जाउ नहुने मरूभुमीमा एयरपाेर्ट बनाएर त्यसलाई क्यापिटलाइज गरेका मात्र हुन्। अरबमा त एउटा खजुरकाे रूख काट्दासमेत लाखाैं जरिवाना र जेलकाे व्यवस्था छ। हामीले त आफ्नो सम्पदालाई चिन्न मात्र नसकेको हो । यी सम्पदाको मूल्य बुझ्ने देशहरुले वनजङ्गल नमासिकन र तिनलाई हेलाँ नगरी तिनकै माध्यमबाट धेरै प्रगति गरेका छन्। निजगढकाे बन हाम्राे सम्पदा हाे। सैयाैं वर्षमा हुर्केका रूख, ताल, मुल, प्राकृतिक वासस्थान, हरियाली एकै पटक विनाश गर्ने याेजनाविरुद्ध उभिउँ। 


प्रतिक्रिया दिनुहोस्