कोराना विरुद्ध: सुन्नुन मेरो एउटा पुकार छ ! « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

कोराना विरुद्ध: सुन्नुन मेरो एउटा पुकार छ !



Navraj Joshi

विश्वव्यापी रुपमा कोरोना भाईरस (कोभिड-१९)को महामारी फैलिरहेको छ । यसबाट नेपाल अछुतो रहन सकेको छैन । नेपालमा कारोना भाईरस संक्रमितको संखया नौ पुगेको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण र उपचारका लागि सरकार एक्लैको मात्रै सम्भव छैन । यसमा सबैको सहयोग आवश्यक पर्दछ, र छ पनि । अहिले सरकारले कोरोना भाईरस रोकथाम तथा उपचार कोष नै स्थापना गरेर सरकारी तथा नीजि क्षेत्रले सहयोग गरिरहेका छन । यसमा सरकारी कर्मचारीको मूख्य भूमिका रहेको छ ।

सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा करिव २ अर्वभन्दा बढि रकम संकलन भएको छ । मन्त्रीहरुको चैत महिनाको तलव कोरोना कोषामा जम्मा हुने पक्का छ । सरकारले लकडाउन गरेको छ । लकडाउनले आम सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । विपन्न तथा गरिव वर्गलाई दैनिक छाक टार्न धौँ धौँ परेको छ । सरकारले राहत उपलब्ध गराईरहेको छ ।

महामारीको यस त्रासमा सरकारी कर्मचारीहरुमा चिकीत्सक र प्रहरी, सेना तथा शसस्त्र प्रहरीको सबैभन्दा ठूलो भूमिका रहेको छ र उनीहरुले गरिरहेका पनि छ ।

यो अवस्थालाई मध्येनजर गर्दै धनगढीका नवराज जोशीले प्रहरीको मनोवल बढाउनको लागि कविता कोरेका छन । उक्त कविता यस्तो छः

सुन्नुन बा मेरो एउटा पुकार छ
सुन्नुन आमा मेरो एउटा पुकार छ
सुन्नुन दाइ मेरो एउटा विन्ती छ
सुन्नुन भाउजू मेरो एउटा विन्ती छ
सुनन भाइ मेरो एउटा सुझाव छ
सुनन बैनी मेरो एउटा सुझाब छ

सरकारले भित्र बसिराख है
एक्लै बसिराख है
बाहिर ननिस्कउ है
एकले अर्कालाई
कुनै हालतमा भेट
नै नगर भनेको छ

हेर्नुस भोलि तपाईं लास हुदा
जलाउने हैन खाल्डोमा
कात्रो बेरिदिने
उचाएर घाट पुर्याइदिने
मेरो बा, मेरि आमा,
मेरा दाइ, मेरि भाउजू,
मेरो भाइ, मेरि बैनी
सम्म भनेर रुइदिने
आफन्त पाउने छैनौ
हो त्यसैले भन्दै छौ
कि घरमै बस्नुस है

शरीर सफा राख्नुस
मन तग्डा बनाउनुस
निडर बनाउनुस
सहयोगी बनाउनुस

मीठो मसिनो खानुस
आफ्नो पाचन शक्ति
मजबुत बनाउनुस
बेलाबेला मिचिमिची
साबुनपानीले, सेनिटाइजर
हातमा लगाइराख्नुस
तातो पानी पिउनुस
व्यायम गर्नुस अनि थुप्रै
काम छन तिमिले गर्नु
अनि आफुलाई बचाउनु

बाहिर बाट आएकाहरु
एकान्त बास बसिदिनुस
आफै गएर बेलाबेला
जचाईराख्नुस अनि
गाउंमा नया आउदा
पनि यसरी नै एकान्त
बासको सुझाब दिनुस

यो विन्ती हाम्रा लागि होइन
हाम्रा बा आमाका लागि होइन
हाम्रा दाईभाइका लागि होइन
हाम्रा आफन्तका लागि होइन

विन्ती छ यो तपाइका लागि हो
अनि तपाईको आमाका लागि हो
तपाईको बाबाका लागि हो
तपाईको दाईभाइको लागि हो
तपाईको दिदि बहिनिका लागि हो

एकचोटि सोचिदिनुस
हामी मानव जाती र कोरोना
विरुद्दको लडाइँ लडिदिनुस
आफ्नो अस्तित्व बचाईदिनुस
कृपया हाम्रो यो दस औला,
दुई हात जोडि विन्ती छ
तपाइको पाउमा मेरो
कसैका सामु नझुक्ने
नडर्ने, नमर्ने शिर छ
कृपया यो विन्ती छ


प्रतिक्रिया दिनुहोस्