‘साना किसान विकास अभियान: महत्व र आवश्यकता’ « Arthapath.com
३ कार्तिक २०८१, शनिबार

‘साना किसान विकास अभियान: महत्व र आवश्यकता’



साना किसान विकास अभियान

साना तथा गाउँका कृषकलाई वित्तीय सेवा पुर्याउन कृषि विकास बैंकले २०३२ सालमा साना किसान विकास आयोजना कार्यक्रम सुरु गरेको हो । कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने मुल उद्देश्य लिएर स्थापना भएका साना किसान कृषि सहकारी संस्थाहरुले बचत तथा ऋण तथा समुह÷अन्तरसमुह मार्फत लघुवित्त सेवा देखि कृषिलाई व्यवसायीक बनाउन आवश्यक उन्नत मल, विउँ, प्राविधिक सेवा, सहुलियत कृषि पसल तथा साना किसानहरुको उत्पादनलाई वजारीकरण साथै सामाजिक क्षेत्रमा विद्यालय संचालन, स्वास्थ्य सेवा, लैंगिक समानता, उत्पिडित वर्गको उत्थानलगायतका कार्यमा महत्वपुर्ण भूमिका खेल्दै आएको छ । नुवाकोटको तुप्चे र धनुषाको दिगम्बरपुरमा २ वटा समूह बनाएर परीक्षणका रूपमा सुरु भएको कार्यक्रम अहिले नेपालमा नमुना कार्यक्रमको रूपमा स्थापित भएको छ । साना किसान विकास आयोजनाबाटै साना किसान कृषि सहकारीका रूपमा परिवर्तन भएको कार्यक्रमले आफ्नो अभियान देश व्यापीरुपमा ७७ वटै जिल्लामा समेट्न सफल भइसकेको छ ।

साना किसान कृषि सहकारीहरुको मुख्य लगानीमा पुँजी व्यवस्थापनका लागि राष्ट्रियस्तरको नेपाल राष्ट्र बैंक बाट “घ” वर्गको ईजाजत प्राप्त साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. समेत संचालनमा रहको छ । साविक आरएमडीसी र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. २०८० असार २४ गतेबाट मर्जर पश्चात साना किसान कृषि सहकारी, अन्य बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था र लघुवित्त वित्तीय संस्थाहरुलाई थोक कर्जा प्रदान, नेपाल सरकार तथा एसियालि विकास बैंकको सहयोगमा सहुलियत कर्जा साना किसान सम्म पु¥याउने, संस्थागत क्षमता विकास, सहकारी शिक्षा, वित्तीय शिक्षा, आर्थिक तथा सामाजिक रुपमा सेवा दिदैं आएको छ ।

साना किसान कृषि सहकारीले बचत तथा ऋण कारोवार गर्न नभई कृषि उत्पादन, बजारिकरण तथा साना किसानहरुले अभिवाभवको रुपमा कार्य गर्दै आएकोले साना किसान कृषि सहकारीमा आवद्ध भएर जाँदा कृषकहरुले वित्तीय सहयोग, कृषि संग सम्बन्धी तालिम तथा अन्य कृषिकर्मीहरुबाट सल्लाह लिई सिप विकास समेत सकिन्छ । साना किसान कृषि सहकारी किसानहरुको साझ थलोको रुपमा समेत लिदाँँ फरक पर्दैन होला !

बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुले सदस्यबाट उठाएको बचत हिनामिना गरी सिंगो सहकारी क्षेत्र बदनाम हुन थालेको बेला ग्रामीण क्षेत्रमा संचालित साना किसान कृषि सहकारी संस्थाहरुले भने ग्रामीण आर्थिक तथा सामाजिक विकासमा उदारणिय बन्दै गएका छन् ।

साना किसान कृषि सहकारी संस्था र यस अभियानको महत्व

नेपालको ग्रामीण अर्थतन्त्र तथा कृषिको रुपान्तरणमा साना किसान कृषि सहकारी संस्थाहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । यी सहकारीहरूले कृषकहरूलाई एकसाथ ल्याएर उनीहरूको आर्थिक, सामाजिक, कृषि, तथा औद्योगिक विकास र समद्धीमा ठूलो योगदान पु¥याएको छ ।

ड्ड नेपालमा साना किसान कृषि सहकारीले कृषकहरूलाई उत्पादन र वजारीकरणमा मद्दत गरेको छ । कृषकहरूलाई एकत्रित गरि बलियो बनाउन, स्रोत साधनहरूको सदुपयोग गर्न र सहकार्यको माध्यमबाट ग्रामिण तथा कृषि क्षेत्रलाई विकासकोे बाटोमा अघि बढ्न मद्दत गर्दैआएको छ । कृषकहरूलाई आर्थिक फाइदा गर्दै सामूहिक रुपमा कृषि बिउ तथा उपकरण खरीदमा सस्तो मूल्यमा उपलब्ध गराउदै आएको साथै, उत्पादनलाई संगठित तरिकाले बजारमा पठाउने व्यवस्था गरेर कृषकको आय बढाउने काम गर्दै आएको प्रंशस्त उदारणहरु रहेका छन् । अन्य सहकारी संस्थाहरुको भन्दा सस्तो ब्याजदरमा सहुलियपुर्ण कर्जाहरु उपलब्ध गराई सेवा दिदैं आएको छ ।

संस्थाहरूका कृषकलाई विभिन्न प्रकारका तालिम र कार्यशालाहरू प्रदान गर्दै  आधुनिक खेतीको प्रविधि, बजारको अवस्था र आर्थिक व्यवस्थापनका बारेमा जानकारी प्रदान साथै यसले कृषकहरूको ज्ञानमा वृद्धि गर्न र उनीहरूको उत्पादन क्षमता सुधार्न मद्दत गरिरहेको छ । साना किसान कृषि सहकारीहरूले सामाजिक समावेशितामा पनि योगदान क्षेत्रमा समेत योगदान दिएको छ । कृषकहरू एकअर्कासँग मिलेर काम गर्दा उनीहरूमा आपसी विश्वास र सहयोगको भावना वृद्धि हुन्छ ।

यसले गाउँका विभिन्न वर्गका मानिसहरूलाई एकसाथ ल्याउने काम गरिरहेको छ र सामाजिक सद्भावना बढाएको छ । यस अभियाले युवा जनशक्तिलाई स्वदेशमा कृषि क्षेत्रमा अवसर देखाउदै वित्तीय र गैर–वित्तीय सहयोग गर्दै आएको छ । साना किसान अभियान कृषिक, व्यापार, प्रविधि, कृषि उपकरण, राज्यको कृषि नीती, बजार र गोदाम व्यवस्थापनलाई एक ठाँउमा ल्याउन सक्ने क्षमता भएको स्थान हो । जसबाट कुनै पनि तह अलगिन सक्दैन । यसको व्यवस्थापन गर्न साना किसान अभियान लागेको र सबै तहले साथ तथा सहकार्य गर्न आवश्यक रहेको छ । 

कृषिकको सम्बृद्धी तथा कृषि रुपान्तरणको आवश्यकता तत्वहरु

देशले कृषिमा रुपान्तरण खोजिरहेको छ । हाल देशमा सहकारी तथा ग्रामिण क्षेत्रमा वित्तीय कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाका सस्यहरुमा नकरात्मक तर्क फैलिएको गिरोहलाई साना किसान कृषि सहकारी संस्था, साना किसान अभियान, राज्यका विभिन्न तहले, सहकारी कर्मी तथा प्रतिनिधिहरुले साना किसान कृषि सहकारीको महत्व र आवश्यकता दर्साउदै सदस्यहरुलाई हामी प्रतिको विश्वास कायम गराउन आवश्यक रहेको देखिन्छ । साना किसान कृषि सहकारी संस्था लि.को प्रशंसा गरिरहँदा साना किसान कृषि सहकारीमा सुदार गर्दै जानुपर्ने आवश्यक छ । कृषिमा विज्ञान र प्रविधिको प्रयोग तथा नकरात्कम प्रभाव हटाउन आवश्यक तत्व प्रस्तुत छन् ।

  • साना किसान कृषि सहकारी संस्था लि.का संचालकहरुलाई सहकारी नीति, ऐन, निर्देशिका, सहकारी सिद्धान्त तथा आफुले दिने सेवा सम्वन्धी ज्ञान सिपको विकास गर्दै जान आवश्यक रहेको देखिन्छ । साना किसान कृषि सहकारी संस्थाले सदस्यको घरदैलोमा बचत र कर्जा सम्बन्धी सुविधा संगै किसानहरुमा साना किसान अभियान किसानको थलोको रुपमा विकास गरी पारिवारीक सदभाव कायम गर्न आवश्यक छ । जसले साना किसानको विरुद्धमा बोल्न भन्दा त्यसको समग्र सकरात्मक पक्षहरुको विकास गरी साना किसान परिवारलाई बलियो बनाउछ ।

साना किसानमा पद र सम्मानको राजनीति अन्य गरी साना किसान विकास र समृद्धीको पक्षमा लागी व्यक्तिगत र व्यावसायिक विकासलाई आन्मसाथ गर्दै कृषि उत्पादकता, वजारीकरण र प्रभावकारीता पक्षमा एकजुट हुन जरुरी छ । साना किसान कृषि सहकारी संस्थाहरुले आफ्नो समुह तथा अन्तरसमुहको सक्रियाता, अन्तरसमुहगत मासिक समिक्षा आवश्यक रहेको छ । किसानलाइ साना किसानको आवश्यकता र सेवा सम्बन्धी जानकारीमा संस्थागत तहले प्रमुख प्राथमिकतामा राखेर जानुपर्ने देखिन्छ । साना किसानको उदेश्य कर्जा दिएर ब्याज सहित असुली गर्नु मात्र होईन, कृषि उत्पादन, प्रविधिको पँहुच, बजारीकरणमा सहयोग, तालिम तथा कृषि सहकार्यको थलो हो, भन्ने जानकारी गराउन सके मात्र प्रत्येक किसानलाई साना किसान अभियानमा जोडेर जान सकिन्छ ।

  • विश्वभर परम्परागत कृषि प्रणालीको विकास गरी जैविक उत्पादन आत्मसाथ गर्दै आएको छ । व्यावसायिक कृषिमा आधुनिक प्रविधि र यान्त्रिकरणको प्रयोग गरेर उत्पादन बढ्दै गएको छ । विश्वभर व्यापक जैविक उत्पादन खोज उपकरण र शैक्षिक स्रोतहरू विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरहरूमा दिगो खेती विधिहरू र जैविक संरक्षण उत्पादनहरूको ज्ञानमा पहुँच प्रदान गर्न र प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ । छिमेकी राष्ट्र भारत र चिन कृषि उत्पादनको विकास हेर्दा नेपालको खेती योग्य जमिन, उत्पादन क्षमता विश्लेशण गर्दा संभावना भएको राष्ट्र हो । डिजिटल कृषिको प्रयोगबाट डेटा विश्लेषण, स्याटेलाइट र ड्रोन प्रविधिहरूले कृषि उत्पादनमा सुधार ल्याइरहेका छन् । आर्टिफिसियल इंटेलिजेन्सस् बोटवर्गको स्वास्थ्य र उत्पादनमा सुधारमा मद्दत गरिरहेको छ । तर नेपाल उत्पादनले बजार नपाउनु, गोदाम व्यवस्थापन नहुनु, र साना किसानले कृषकहरू, व्यापारी, र अन्य चेनका सदस्यहरूसँग सञ्जाल निर्माण गरिरहँदा राज्यले उत्पादकत्व वद्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार व्यवस्थापन गर्न नसक्नु सबै भन्दा प्रमुख समस्याहरु हुन् । यसको व्यवस्थापन गर्न र गराउन साना किसान संजालको परिचालन गरि कृषिक्रान्ति आवश्यक रहेको छ ।

युवा जनशक्तिलाई स्वदेशमा अवसर र संभावनाको जानकारी गराउन साना किसान अभियान लागी रहेको र राज्यका अन्य निकायहरुलाई समेत कृषि र किसानलाई प्रमुख प्राथमिकतामा राख्न जुरुरी छ । राज्य उप्पादन गर्न वित्तीय स्रोत उपलब्ध गराएर मात्र कृषिमा रुपान्तरण हुन सक्दैन । तसर्थ आधुनिक कृषिक, प्रविधि, उत्पादन क्षमता मापन, कृषि उत्पादनको प्रदर्शनी मेला, तालिम, बजार र गोदाम व्यवस्थापलाई एकसाथ जोडेर जान आवश्यक छ । जसले एउटा किसानले कसरी उत्पादकत्व बढाई आफ्नो वस्तु तथा सेवालाई व्यवस्थापन, उत्पादनको गुणस्तर र विशेषताहरूको आधारमा ब्रान्डिङ र उचित मुल्यमा विक्री वितरण गर्न सक्दछन ।

नेपालमा साना किसान सहकारी र कृषकको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ । सहकारीले कृषकलाई आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले सशक्त बनाउँदै आएको छ । यसले ग्रामीण विकासमा ठूलो भूमिका खेल्दै आएका छ । सहकारीहरूको व्यवस्थापन र विकासमा ध्यान दिनु आवश्यक छ, किनकी कृषकहरूको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ ।
“साना किसान कृषि सहकारी संस्था संग प्रत्येक कृषकले हातेमाले गरौं, जसले सामूहिक प्रयास र सहयोगको माध्यमबाट साना किसान कृषि सहकारीहरूले नेपालका कृषकहरूको भविष्य उज्यालो बनाउन महत्त्वपूर्ण योगदान पु¥याउन हौसला दिने गर्दछ ।”

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.


प्रतिक्रिया दिनुहोस्