८ हजार ६१७ छाउगोठ भत्काइयो « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

८ हजार ६१७ छाउगोठ भत्काइयो



काठमाडौं । सुदूर तथा मध्यपश्चिमका केहि जिल्लामा रहेको कूप्रथा छाउपडिलाई सरकारले हटाउन गरेको निर्णय अनुसार हालसम्म करिव ८ हजारभन्दा बढि छाउपवडी गोठ भत्काईएको छ ।

सरकारले पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार फागुन १५ गतेसम्म ८ हजार ६१७ छाउगोठ भत्काइएको छ ।

सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ८२ र कर्णाली प्रदेशमा २ हजार २ सय ३५ छाउगोठ भत्काइएको छ । अछाममा ४ हजार ८ सय ९७ र सुर्खेतमा १ हजार ९ सय २४ छाउगोठ, बाजुरामा ५ सय १०, डोटीमा ३ सय ४२, कैलालीमा २ सय ७३, दैलेखमा २ सय ५९, कञ्चनपुरमा १ सय ९७, बझाङमा १ सय ४०, जाजरकोटमा ३०, कालिकोटमा २०, डडेल्धुरामा २३ र सल्यानमा २ छाउगोठ भत्काइएको छ ।

यसैगरी कर्णाली र सुदूरपश्चिमका ९ सय ६५ घरपरिवारलाई छाउपडीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । यसमा कर्णाली प्रदेशमा ४ सय ९९ र सुदूरपश्चिम प्रदेशमा ४ सय ६६ घरपरिवार रहेका छन ।


प्रतिक्रिया दिनुहोस्