कक्षा आठको परीक्षा फागुन २८ देखी शुरु गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागको बसेको आकस्मिक बैठकले महानगरस्तरिय आधारभूत तह कक्षा ८ को परिक्षा तालिका सार्वजनिक गरेको छ ।
२०७६ को महानगरस्तरीय आधारभूत तह उतीर्ण परीक्षा व्यवस्थापन समितिको आकस्मिक बैठकको निर्णयानुसार २०७६ सालको महानगरस्तरीय आधारभूत तह कक्षा ८ उतीर्ण परीक्षा फागुन २८ गतेदेखी चैत्र ५ गतेसम्म गर्ने निर्णय गरेको छ ।