परिसंघका पदाधिकारी र मेक्सीकोका राजदूत बीच भेटवार्ता « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

परिसंघका पदाधिकारी र मेक्सीकोका राजदूत बीच भेटवार्ता



काठमाडौं । नेपालका लागि मेक्सीकोका राजदूत महामहिम फेडेरिको सलस (Federico Salas) र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीचे परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । उनी भारतका लागि आवासीय राजदूत पनि रहेका छन ।

परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल मेक्सीको बीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताए । साथै नेपाल र मेक्सीको बीच सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको उल्लेख गरे । उनले उत्पादनमुलक क्षेत्र, पूर्वाधार, कृषि तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको तर्फ अध्यक्षले राजदूतको ध्यानाकर्षण गराउए ।

सो अवसरमा राजदूत फेडेरिको सलसले मेक्सीको र नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि दुबै देशले आपसी सहयोगको सम्भावना खोज्नु पर्ने बताए । नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न नेपालमा मेक्सीकोको लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा राखेको उनले बताए । लगानीको वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता पनि राजदूत सलसले उल्लेख गरे । सो अवसरमा परिसंघका पदाधिकारीहरुका साथै नेपालका लागि मेक्सीकोका अवैतनिक वाणिज्यदूत नरेश दूगड समेतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्