तिलोत्तमा नेपालको पहिलो पोलिथिनमुक्त नगरपालिका घोषणा « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

तिलोत्तमा नेपालको पहिलो पोलिथिनमुक्त नगरपालिका घोषणा



काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपालमै पहिलो पोलिथिनमुक्त नगरपालिका हुने भएको छ । नगरपालिकाभित्र फोहरका रुपमा देखिने तिलोत्तमा अवदेखी प्लास्टिक मुक्त हुने भएको हो । नगरपालिकालाई प्लास्टिकमुक्त बनाउनको लागि चालु आर्थिक बर्षमा नै सुन्दर नगरपालिका बन्ने भएको हो । करिव चार महिना अघि चलाईएको उक्त अभियान छिट्टै प्लास्टिकमुक्त बन्ने भएको हो ।

तिलोत्तमा नगरपालिकाले ४ महिनाको अवधिमा सबै वडालाई प्लास्टिक मुक्त गरिसकेपछि शुक्रबार औपचारिक समारोहका बीच शून्य पोलिथिनयुक्त नगर घोषणा गरेको हो ।

यो चार महिनाको अवधिमा प्लास्टिकमुक्त नगरपालिका बनाउनको लागि विभिन्न वडा तथा टोल विकास संस्थाहरुले शून्य पोलिथिन नगर निर्माणका लागि चेनतामुलक कार्यक्रम गरेका थिए भने प्लास्टिकजन्य सामग्री संकलन गरेका थिए ।

नगरपालिकाले यो अभियानका क्रममा दैनिक ८ घण्टाको दरले एकलाख नगरवासीलाई श्रमशक्तिको रुपमा परिचालन गरेको जनाएको छ । चार महिनाको अवधिमा नगरभित्रबाट ८० हजार बोरा अर्थात करिव १२ हजार क्विन्टल पोलिथिनजन्य फोहर संकलन गरिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

१ सय २६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको नगरपालिकामा १ सय ८९ वटा टोल विकास संस्था परिचालन गरिएको उनले जानकारी गराए । उक्त अभियानको लागि २५ लाख बजेट छुट्याईएको नगरप्रमुख घिमिरेले बताए ।

त्यस्तै ७५३ स्थानिय तहहरुले पनि आफ्नो स्थानिय तहलाई प्लास्टिकमुक्त बनाउनको लागि विभिन्न योजनाहरु बनाएका छन । केहि स्थानिय तहले बजारमा सामान किन्न जाँदा कपडाको झोला अनिवार्य गरेका छन । व्यापारीहरुलाई पनि प्लास्टिक झोला विक्री गर्नमा रोक लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस्