नेपाली भूमिमा गाडिएको सीमा पिलर स्थानीयले तोडे « Arthapath.com
२ चैत्र २०७६, आईतवार

नेपाली भूमिमा गाडिएको सीमा पिलर स्थानीयले तोडे



काठमाडौं । भारतले नेपालको भूमिमा सिमा गाडेको भन्दै युवाहरुले भत्काएका छन । कञ्चनपुरमा नेपाली भूमिमा सीमा पिल्लर गाडिएको स्थानीयले उक्त पिल्लर भत्काएका हुन । शनिबार उनीहरुले हालै नेपाल भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३÷४ नम्बर पिल्लर हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका छन ।

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि बोहरा, पुर्व संविधान सभा सदस्यद्वय दिवान सिह विष्ट, बहादुर सिह थापा, हरेन्द्र सिहं बिष्ट, भोजराज बोेहरा, गोेपाल गुुुुरुङ , जनक सिहं धामी , कृृृृृष्णाा गिरी, गोपी प्रसाद उपाध्याय , प्रकाश राज पन्त , सहितका काँग्रेस जिल्ला, क्षेत्र र स्थानीय नेतृत्वको सीमा अनुगमन थियो ।

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरीप्रसाद बोहराले सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा पर्न लागेकाले काँग्रेसले सो क्षेत्रमा स्थलगत अनुगमन गरेका बताए ।

नेपालीको लालपुर्जाधारी जमिनमा सीमा पिल्लर गाडेर नेपाली भूमि हड्प्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि सर्वेको काम रोकिएको थियो । साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीका स्थानीयको जमिन भारतमा पर्नपछि सीमा विवाद चुलिएको छ ।


प्रतिक्रिया दिनुहोस्