नेपाल उद्योग परिसंघद्वारा निजी सुरक्षा उपकरण हस्तान्तरण « Arthapath.com
१३ चैत्र २०७६, बिहीबार

नेपाल उद्योग परिसंघद्वारा निजी सुरक्षा उपकरण हस्तान्तरण



काठमाडौ । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउन सकृयता बढाएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने ४९ थान निजी सुरक्षा उपकरण हस्तान्तरण गर्नुभयो । हाल परिसंघसंग उपलब्ध रहेको सामान उपलब्ध गराईएको र निकट भिवष्यमै अन्यत्रबाट आयात गर्न लागिएका आवश्यक सामग्रिहरु समेत उपलब्ध गराउने वहाँले जानकारी गराउनु भयो। अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउनु पहिलो कर्तव्य हुने ठानेर परिसंघले सो उपकरणहरु हस्तान्तरण गरेको समेत बताउनुभयो । यसअघि सरकारले स्वास्थ्य उपकरण जुटाउने कार्य चुनौतीपूर्ण रहेकाले आवश्यक सहयोग गर्न आह्वान गरेको थियो । हस्तान्तरणका अवसरमा परिसंघका उपाध्यक्ष सुलभ अग्रवाल पनि सहभागी हुनुभएको थियो ।
यसअघि परिसंघले स्वास्थ्य संकटको यो घडीमा आ(आफ्नो तर्फबाट स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीको हौसला बढाउने कार्यमा आवश्यक सहयोग गर्न समेत सबैसँग विशेष अनुरोध गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्