लुक्लामा अलपत्र परेका १४ फ्रान्सेली नागरिकको उद्धार « Arthapath.com
१३ चैत्र २०७६, बिहीबार

लुक्लामा अलपत्र परेका १४ फ्रान्सेली नागरिकको उद्धार



काठमाडौं । लुक्लामा अलपत्र परेका १४ जना फ्रान्सेली नागरिकलाई बिहिबार उद्धार गरिएको छ ।

सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत १८ गतेसम्मका लागि एक साताको ‘लकडाउन’ गरेपछि फ्रान्सेली नागरिक लुक्लामा अलपत्र परेका थिए ।

यति एयरलाइन्सका प्रवक्ता विपना श्रेष्ठका अनुसार, यति एयरलाइन्सको भगिनी संस्था तारा एयरको १८ सीट क्षमताको ट्वीनओटर विमानले बिहीबार दिउँसो पर्यटकको उद्धार गरेको हो ।

काठमाडौंस्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकको उद्दारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि उद्धारका लागि नीजि वायुसेवा कम्पनीलाई मन्त्रालयले आग्रह गरेको जनाइएको छ । गोर्खा पत्र अन्लाईन


प्रतिक्रिया दिनुहोस्