मजदुरलाई खाद्यवस्तु उपलब्ध गराउने घोषणा « Arthapath.com
१४ चैत्र २०७६, शुक्रबार

मजदुरलाई खाद्यवस्तु उपलब्ध गराउने घोषणा



गुल्मी । कोरोना भाइरसको बिश्वव्यापी संक्रमणले नेपाली नागरिक पनि प्रभावित भईरहेको र मुलुक लकडाउनका कारण विशेषगरि दिनभरी मजदुरी गरेर छाक टार्ने गरेका मजदुर वर्गको समस्यालाई ध्यानमा राखी गुल्मीको छत्रकोट गाउँपालिकाले वास्तविक समस्यामा परेका त्यस्ता परिवारलाई आधरभुत खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको छ ।

छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्णपन्तद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस्तो घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष पन्तले दैनिक मजदुरी गरेर गुजरा गरेका मजदुर वर्ग भोकमरीमा पर्न नपरोस् भनि आगमी १५ दिनका लागि चामल नुन , तेल जस्ता अत्याबश्यक खाद्य वस्तु वडाध्यक्ष मार्फत उपलब्ध गराउने निर्णय गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस्