राष्ट्र बैंकको निर्देशनअनुसार काम गरिरहेको बैंकर्स संघका अध्यक्षको भनाइ « Arthapath.com
१४ चैत्र २०७६, शुक्रबार

राष्ट्र बैंकको निर्देशनअनुसार काम गरिरहेको बैंकर्स संघका अध्यक्षको भनाइ



काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण लक डाउन घोषणा भएसँगै वित्तीय कारोबार असहज बन्दै गएको छ ।

२५ जनाभन्दा बढि भिड हुने स्थान बन्द गर्ने निर्णय गरेपश्चात नै विभिन्न स्थानहरु बन्द भएका थिए । लगत्तै सरकारले लकडाउनको घोषणा गर्यो । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिँदै वित्तीय सेवा सुचारु गर्न भनिसकेको छ । सरकारले पनि बैंक तथा वित्तीय संस्था अत्यावश्यक सेवा भएकाले बन्द नहुने बताएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले पटकपटक यस्तो धारणा राख्दै आएका छन ।

तर, कतिपय स्थानीय तहले कोरोनाको जोखिम बढेको भन्दै बैंक तथा वित्तीय संस्था बन्द गर्न दिएका कारण समस्या उत्पन्न भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको सेवा बन्द नहुने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्