बागमती प्रदेशले स्थानिय तहमा सहयोग पठाउने « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

बागमती प्रदेशले स्थानिय तहमा सहयोग पठाउने

महानगरलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख दिने निर्णय

हेटौंडा । बागमती प्रदेशको मन्त्री परिषद बैठक बसेको छ । बैठकले कोरोना भाईरस सङ्क्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यबिधी २०७६ स्वीकृत गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकमा सबै मन्त्रीहरुको उपस्थिति रहेको थियो  

मन्त्री परिषदबाट कार्यबिधी पारीत भएसङ्गै स्थानीय बिपद व्यबस्थापन समितिलाई सहयोग गर्ने बाटो समेत खुलेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । आईतवार बसेको बिपद व्यबस्थापन निर्देशक समितिको बैठकले स्थानीय तथा जिल्लागत रुपमा बनेका   बिपद ब्यबस्थापन समितिलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले महानगरका समितिलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० रुपैयाँ दिने निर्णय गरेको छ । जिल्ला समन्वय समितिमा बनेको समितिलाई ५ लाख दिने निर्णय गरेको छ । सो रकम कोरोना सङ्क्रमण रोकथाम एबम उपचार, आइसोलेसन तथा क्वारेन्टाइन निर्माण,मेडिकल सामग्री खरीद, बिपन्न परिवारलाई राहतका लागि प्रयोग गर्न सक्ने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्