लकडाउनमा फसेका एक युवकले उर्लदो महाकालीमा हाम फाले सोमबार « Arthapath.com
१७ चैत्र २०७६, सोमबार

लकडाउनमा फसेका एक युवकले उर्लदो महाकालीमा हाम फाले सोमबार



दार्चुला । लकडाउनका कारण प्रशासनले महाकाली नदीमाथिको झोलुंगे पुलको ढोका नखोलेपछि धार्चुलामा रहेका एक जनाले महाकाली नदीमा हाम फालेका छन् ।
उर्लदो महाकाली नदीमा हाम फालेका उनी पौडेर सकुशल दार्चुला पुगेका छन् ।
धार्चुलामा अलपत्र परेका बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर १ कोटपेट्टराका ४८ वर्षिय ईन्द्रराज खत्री महाकालीमा नदीमा पौडेर  दार्चुला प्रवेश गरेका हुन् ।

Image may contain: 1 person, standing and outdoor

ज्यानको परवाह  नराखेर उर्लिदो महाकाली नदीमा पौडेर धार्चुलबाट दार्चुला प्रवेश गरे लगत्तै नदी किनारबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले प्रमुख जिल्ला अधिकारीसंग पुल खोल्न आग्रह गर्न महाकाली नदीमा पौडेर आएको प्रतिक्रिया दिएका छन् ।
महाकाली नदीमाथि रहेको झोलुंगे पुल बन्द हुदा पारी भारतको धार्चुलामा केही दिनदेखि सयौं नेपाली अलपत्र परेका छन् ।


प्रतिक्रिया दिनुहोस्