प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल डोटीबाट धनगढी सार्ने तयारी « Artha Path
१८ चैत्र २०७६, मंगलवार

प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल डोटीबाट धनगढी सार्ने तयारी



काठमाडौं । डोटीमा रहेका प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल धनगढी सार्ने तयारी भएको छ । चैत ३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलको आर्थिक प्रशासन शाखाले गरेको माग अनुसार डोटीमा रहेका प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल धनगढी सार्ने तयारी भएको हो ।

सोमवार मात्रै प्रहरी प्रधान कार्यालय मातहतको भौतिक पूर्वाधार निर्देशनालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलको आर्थिक प्रशासन शाखालाई पत्र पठाउँदै उक्त व्यवस्थापन गर्न आग्रह गरेको छ ।

संघीय प्रहरी कार्यालय धनगढीको नाममा रहेको जग्गामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया मिलाउन आग्रह गरिएको हो । यस्तै अञ्चल प्रहरी कार्यालय महाकालीको नाममा रहेको जग्गामा संघीय प्रहरी ईकाई धनगढी र सशस्त्र प्रहरी गुल्म धनगढीको कार्यालय सार्नका लागि समेत प्रक्रिया अगाडी बढाउन पत्रमा आग्रह गरिएको छ ।

यस्तै दीपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको भवन, प्रहरी नायव महानिरिक्षकको निवास र अन्य संरचना तालिम केन्द्रलाई हस्तान्तरण गर्न समेत अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्