विदेशबाट आएकाहरुको जानकारी दिए पाँच हजार पुरस्कार « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

विदेशबाट आएकाहरुको जानकारी दिए पाँच हजार पुरस्कार



काठमाडौं । प्रदेश नम्बर १ को सोलुखुम्बुस्थित थुलुङ दूधकोशी गाउँपालिकाले विदेशबाट आएर घरमै बस्नेहरूको जानकारी गाउँपालिकामा दिनेलाई पाँच हजार रूपैंयाँ पुरस्कार दिने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै विदेशबाट आएकाहरूको विवरण मन्त्रालयमा पठाउन ताकेता गरेकोले उक्त गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाले जनप्रतिनिधि र आफ्ना कर्मचारी परिचालन गरेर विवरण संकलन गरिरहेको छ । तर विदेशबाट आएकाहरू सम्पर्कमा आउन चाहेका छैनन् । आउन नचाहेपछि उक्त निर्णय गर्नुपरेको गाउँपालिकाले बताएको छ ।

गाउँपालिकाले यस्तो निर्णय गरेको साता दिनमै विदेशबाट हालै आएका छ जना सम्पर्कमा आएका छन तर उनीहरु आफै सम्पर्कमा आएका हुन ।


प्रतिक्रिया दिनुहोस्