सुदूरपश्चिम सरकारको कोरोना जोखिम नियन्त्रण कोषमा ४० करोड २७लाख जम्मा

कैलाली । सुदूरपश्चिम सरकारले स्थापना गरेको कोरोना भाइरस जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा ४० करोड २७ लाख १६ हजार पाँच सय ५१ रुपैँया जम्मा भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराका अनुसार कोषमा प्रदेश सरकारको ४० करोड समेत गरी हालसम्म सो रकम जम्मा भएको छ । उनले भने कोरोना जोखिम नियन्त्रण कोषमा सिद्धार्थ बैँक लिमिटेडले १० लाख, सिटिजन्स बैँकले ७ लाख, कृषि विकास बैँक र नेपाल बैँक लिमिटेडले ५÷५ लाख रकम सहयोग गरेका छन ।
यस्तै कोषमा धनगढीका आठ जनाले पनि १६ हजार पाँच सय ५१ रुपँैया जम्मा गरेको मन्त्री बोहराले बताउनुभयो । केही बैँक तथा वित्तीय संस्थाले समेत सहयोग घोषणा गरेको उहाँको भनाइ छ ।
घोषित रकम प्राप्त भए खातामा ४० करोड ४२ लाखभन्दा बढी रकम जम्मा हुने उहाँले बताउनुभयो ।