कोरोना उपचार कोषमा अर्थ मन्त्रालय अन्तर्गतका निकायबाट करिव २६ करोड सहयोग « Arthapath.com
२० चैत्र २०७६, बिहीबार

कोरोना उपचार कोषमा अर्थ मन्त्रालय अन्तर्गतका निकायबाट करिव २६ करोड सहयोग



काठमाडौं । कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरिएको कोरोना उपचार कोषमा विभिन्न क्षत्रबाट सहयोग आईरहेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसले लाखौ ब्यक्ति संक्रमीत र हजारौको न्यान लिईसकेको छ ।

नेपालमा हालसम्म ५ जना संक्रमीत रहेकोमा एकजना निको भएका छन भने अन्य चार जनालाई आईसोलेशनमा राखेर उपचार गरिरहेका छन ।

कोरोना उपचार कोषमा अर्थ मन्त्रालय अन्तर्गतका निकायबाटपनि सहयाृग जारी रहेको छ । कोरोना उपचार कोषमा अर्थ मन्त्रालय अन्तर्गत रहेका विमा समितिबाट ५ करोड, नेपाल धितोपत्र बोर्डबाट ३ करोड, कर्जा तथा निक्षेप सुरक्षण कोषबाट ३ करोड, नेपाल स्टक स्क्चेन्जबाट ३ करोड ५१ लाख, सिडिएस कम्पनीबाट ३५ लाख, राष्ट्रिय वीमा कम्पनी लिमिटेडबाट २ करोड, राष्ट्रिय बीमा संस्थानबाट १ करोड, नेपाल पुर्नबीमा कम्पनीबाट १ करोड ११ लाख, नागरिक लगानी कोषबाट २ करोड, कर्मचारी सञ्चय कोषबाट ५ करोड सहयोग गरेका छन ।

२० भन्दा बढि बैंकहरुबाट २२ करोड योगदान गर्ने घोषणा मध्येको रकम निरन्तर आउने प्रक्रिया जारीरहेको छ ।

त्यस्तै सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतका निकायबाट प्राप्त सहयोगहरुमा नेपाल दुरसञ्चार प्राधिकरणले १५ करोड, नेपाल टेलिकमले १२ करोड सहयोग गरेका छन ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायबाट प्राप्त सहयोगहरुमा नेपाल आयल निगमले ५० करोड सहयोग गरेका छन ।


प्रतिक्रिया दिनुहोस्