नेपालमा कोरोनाका सातौं संक्रमित फेला

काठमाडौं । नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।
नेपालमा हालसम्म ६ जना संक्रमीत रहेकोमा एकजना निको भएका छन भने अन्य ५ जनालाई आईसोलेशनमा राखेर उपचार भईरहेको छ । विदेशबाट आएको ब्यक्तिमा मात्र संक्रमण देखा परेकाले सरकारले खोजीरहेको छ । त्यसै क्रममा शुक्रवार फेरि एक जनामा संक्रमण देखा परेपछि नेपालमा कोरोना संक्रमणको संख्या सात पुगेको हो ।अनलाईन खवर