नेपाल उद्योग बाणिज्य महासंघद्धारा राहत सामाग्री हस्तान्तरण « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

नेपाल उद्योग बाणिज्य महासंघद्धारा राहत सामाग्री हस्तान्तरण



काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण दर बृद्धि भईरहेको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा कोरोना संक्रमीत संख्या नौ पुगेको छ । कोरोना संक्रमण रोकथाम तथा नियत्रणका लागि सरकारले लकडाउन गरेपछि खाद्य लगायतका बस्तुहरुको समस्या निम्तीनृ गरेको छ । सरकारले कोरोनाबाट गरिव, विपन्न लगायतका परिवारहरु प्रभावित भएकाले राहत पनि वितरण गरेको छ । राहतका नाममा सस्तो लोकप्रीयता कमाउनेको संख्या धेरै भएकाले एकद्धार प्रणाली अपनाएको छ ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघले राहत सामाग्री हस्तान्तरण गरेको छ । आईतवार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन । लकडाउनको समयमा खान लगाउन समस्या भएका श्रमीक तथा मजदुरहरुका लागि केहि सहजता होस भन्ने हेतुले उक्त राहत सामाग्री हस्तान्तरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्