स्थानीय तहलाई खाद्यान्न हस्तान्तरण « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

स्थानीय तहलाई खाद्यान्न हस्तान्तरण



सल्यान । सल्यानका स्थानीय तहलाई नेकपा तीन नेताले खाद्यान्न हस्तारण गरेका छन् । कर्णाली प्रदेश कका साँसद तथा नेकपा केन्द्रिय सदस्य गुलाब जंग शाह, नेकपा जिल्ला कमिटी सदस्य प्रमोद श्रेष्ठ र मनोज कुमार प्रधानले सल्यानका १० वटै स्थानीय तहलाई खाद्यन्न प्रदान गरेका हुन । दश वटै तहका लागि २ सय बोरी ९५० क्विन्टल० चामल, २ सय प्याकेट नुन र २ सय लिटर तेल राहत स्वरुप नगर तथा गाउपालिकामा हस्तान्तरण गरिएको छ ।

नेकपा जिल्ला कमिटी सदस्य प्रमोद श्रेष्ठले तत्कालीन अवस्थामा दिएको र आवश्यक परेमा अझै राहत दिने र सबैलाई स्थानीय तहहरुलाइ सम्मान तरिकाले खाद्यान्न सामाग्री वितरण गरिएको बताउनुभयो । उहाका अनुसार एक स्थानीय तहलाई २० बोरि ९५ विक्न्टल० चामल, २० लिटर तेल, र १५ प्याकेज नुन दिएको छ ।

वनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनले सहयोगी दातावाट लिएको सहयोग विपत व्यवस्थापन समितिको निर्णय गरेर आएका असाहय, अपाङ्ग, र दैनिक मजदुरी गरेर खाने वर्गहरुलाइ एक द्धार प्रणाली उपलब्ध गरिने वताउनु भयो । उहाका अनुसार विभिन्न संघ सस्था र व्यक्तिले दिएको राहत सामाग्री नगरपालिका जम्मा गरि नगरको विपत व्यवस्थापन समितिको कार्या्विधी अनुसार वितरण गरिने छ । गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्