कक्षा ११ र १२ को परिक्षा स्थगित « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

कक्षा ११ र १२ को परिक्षा स्थगित




काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो । यसअघि प्रवेशिका एसईई परीक्षा स्थगित भइसकेको छ ।

अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरिएको र अवस्था सामान्य भइसकेपछि नयाँ सूचना सार्वजनिक हुने बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्