स्नातक तहको परीक्षा पनि स्थगित गरिने « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

स्नातक तहको परीक्षा पनि स्थगित गरिने



काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेसँगै त्रिभुवन विश्वविद्यालयले पनि स्नातक चौथो वर्षका सबै परीक्षा स्थगित गर्ने भएको छ । कोरोना भाइरसको त्रासका कारण विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको भन्दै स्नातक तह चौथो वर्षका परीक्षाको मिति सार्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार केही दिनभित्रै स्नातक चौथो वर्षको परीक्षा स्थगित गरिएको सूचना जारी गरिनेछ ।

यस विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको परीक्षा नियन्त्रक जोशीले जनाकारी दिए । उनले भने, ‘वैशाख २१ गतेदेखि हुन लागेको कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बार्डले स्थगित गर्ने निर्णय गरिसकेको छ । हाम्रो १६ गतेदेखि परीक्षा हुने समय तालिका सार्वजनिक गरिएको थियो । तर, कोरोनाको त्रासमा विद्यार्थीहरू जताततै छरिएका छन् । त्यसलाई ध्यानमा राखेर हामीले पनि परीक्षा सार्ने तयारी गरेका छौं ।’


प्रतिक्रिया दिनुहोस्