थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५० पुग्यो « Arthapath.com
१ जेष्ठ २०७७, बिहीबार

थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५० पुग्यो



काठमाडौं । नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन्। योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ। थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन्।

बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

सर्लाहीको धान्कौल नगरपालिका निवासी पुरुष, धनुषाको जनकपुर नगरपालिका र मिथिला नगरपालिकामा पुरुष र महिला तथा महोत्तरीका २ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो। यसअघि बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो।

Ministry of Health and Population-Nepal को फोटो।


प्रतिक्रिया दिनुहोस्