नेपाली ब्रान्ड सोनमद्वारा गंगालाल अस्पताललाई पिपिई सेट सहयोग « Arthapath.com
१९ श्रावण २०७७, सोमबार

नेपाली ब्रान्ड सोनमद्वारा गंगालाल अस्पताललाई पिपिई सेट सहयोग




काठमाडौं । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) लाई सय थान व्यक्तिगत सुरक्षाकवच (पिपिइ सेट) सहयोग गरेको छ ।


कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले अस्पतालका अधिकारीलाई उक्त पिपिई सेट हस्तान्तण गरेका हुन् ।
कम्पनीले आफ्नै कारखानामा उत्पादित पिपिई सेट अस्पताललाई दिएको हो ।


‘नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य हो,’ सिइओ टासीले बताए ।

यसअघि कम्पनीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि सय थान पिपिई सेट सहयोग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्