बागमती प्रदेश सरकारद्वारा बिपदमा परेका स्थानीय तहलाई सहयोग « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

बागमती प्रदेश सरकारद्वारा बिपदमा परेका स्थानीय तहलाई सहयोग



काठमाडौं । बागमती प्रदेश सरकारले बाढी पहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेश बिपद ब्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ८ वटा गाउँपालिका र एउटा नगरपालिकाका विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार धादिङको बेनिघाट रोराङ गाउपालिकालाई ३० लाख, धादिङकै सिद्दलेक गाउपालिका र गजुरी गाउपालिकालाई २०÷२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिका २० लाख, सिन्धुपाल्चोकको पाचपोखरी थाङपाल गाउपालिकालाई १५ लाख र बाह्रबिसे नगरपालिका थप १५ लाख, दोलखाको गौरीशंकर गाउपालिकालाई ३० लाख, कालिञ्चोक गाउपालिकालाई १५ लाख र बिगु गाउपालिका १५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।


बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रमुख सचिव मानबहादुर बीकेलगायत सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस्