आज कृष्णाष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरेर मनाइदै « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

आज कृष्णाष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरेर मनाइदै




काठमाडौं – मंगलबार आज आज भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ ।


आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा उल्लेख गरीएके छ ।

भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रुपमा मानीन्छ ।


भक्तजनहरुले भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म संस्मरण गर्दै आएका उनको पूजा– आराधना गरिन्छ ।


आश्विन शुक्ल अष्टमीको कालरात्रि, कात्तिक कृष्ण औँसीको सुखरात्रि, फागुन कृष्ण तृतीयाको महाशिवरात्रि र यो भाद्र कृष्ण अष्टमीको मोहरात्रि गरी यी चार रातको निकै महत्त्व रहेको शास्त्रमा वर्णित छ ।

कृष्ण प्रणामी, कृष्णभक्तको अन्तर्राष्ट्रिय संस्था इस्कोनले विश्वभर नै आफ्नो संस्थामा भव्यताका साथ जन्माष्टमी मनाउँदै आएका छन् ।

उनको धर्तीमा दुष्ट र पापीको अत्याचार भए फेरी धर्तीमा आउने छु र धर्मको उत्थान गर्नेछु, भन्ने भनाइलाई मनन गर्दै कृष्णाष्टमी मनाउने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्