कान्तिपुर दैनिकका पत्रकार बानियाँको शव फेला
काठमाडौ । कान्तिपुर दैकिकका पत्रकार बलराम बानियाँको शव हेटौडामा भेटिएको छ । सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका पत्रकार बलराम बानियाँको शव हेटौंडामा भेटीएको हो ।
तनहुँका घर भई दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकमा काम गरेका बानियाँ राजनीति र सुशासनमा कलम चलाउँदै आएका थिए ।
बानियाँले के कति कारणले खोलामा हामफले भन्ने कारण खुल्न सकेको छैन ।