आइतबार थप ९ सय ८०जनामा कोरोना,९ जनाको ज्यान गयो « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

आइतबार थप ९ सय ८०जनामा कोरोना,९ जनाको ज्यान गयो



काठमाडौं । आइतबार थप ९ सय ८० जनामा कोरोना देखिएको छ । यो संगै हालसम्म ४६ हजार २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ ।

त्यस्तै २४ घण्टामा थप १ हजार ८ सय १४ जना कोरोना संक्रमण निको भएर घर फर्केका छन । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या २८ हजार ९ सय ४१पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२र३२ जनामा संक्रमण पुष्टि भएको छ ।

आज कोरोनाबाट थप ९ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८९ पुग्यो ।


प्रतिक्रिया दिनुहोस्