बागमती सरकारद्वारा कोरोना उपचार कोष स्थापना « Arthapath.com
१३ चैत्र २०७६, बिहीबार

बागमती सरकारद्वारा कोरोना उपचार कोष स्थापना



हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना भाईरस उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो ।

बिश्वभर नै महामारीको रुपमा फैलिएको यो रोग नियन्त्रणका लागि विशेष अभियान संचालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । उक्त कोषमा रकम जम्मा गर्न सरकारले सर्बसधारणलाई समेत आव्हान गरेको छ । यसैगरी आज नै भएको बैठकमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा घोषणा गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्