राष्ट्रपतिबाट दुवै अध्यादेश जारी « Arthapath.com
८ बैशाख २०७७, सोमबार

राष्ट्रपतिबाट दुवै अध्यादेश जारी



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकले पारित गरेको दुवै अध्यादेश जारी गरेकी छन् ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्को काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गरेको थियो ।

मन्त्रिपरिषद्ले पारित गरेको दुवै अध्यादेश तत्काल राष्ट्रपतिकहाँ पुर्‍याइएको थियो ।

सोमवार साँझ साढे ६ बजे दुवै अध्यादेश जारी भएका हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश जारी भएको जनाएको छ ।

मन्त्रिपरिषद्ले उक्त अध्यादेश पारित गरेको केही घण्टा नबित्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन्। अध्यादेश आजै राजपत्रमा प्रकाशित गर्ने तयारी भइरहेको छ ।

राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र संसद्को बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ।


प्रतिक्रिया दिनुहोस्